०४ साउन २०८२, शनिबार

 

प्रस्तुत सम्बन्धमा मिति २०८१/११/१७ गतेका दिन ओ.पि.डी सेवा लिने क्रममा सेवाग्राही र अस्पतालका डाक्टर बीच सामाजिक संञ्जलमा भनिएको विवाद प्रती अस्पताल प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त विषयमा मिति २०८१/११/१८ गतेका दिन अस्पताल प्रशासन, व्यवस्थापन समिति सहित सेवाग्राही र डाक्टर पक्ष बीच वार्ता भएको जानकारी गरिन्छ । दुई पक्षका कुराहरुलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको अस्पस्ट रहेका कुरालाई अस्पतालका डाक्टर तथा कर्मचारी सबैले सरल भाषामा विनम्रता सहित राखिदिए सेवाग्राहीहरूलाई सहजीकरण हुने साथ-साथै सेवाग्राहीहरूको मन जित्न पनि सफल हुने र अस्पतालमा सेवा लिन आउनुहुने सेवाग्राहीहरूले पनि अस्पतालका डाक्टर तथा कर्मचारीसंग नम्रता पुर्बक कुराहरु राख्दा उपचार प्रभावकारी तथा गुणस्तरिय हुने भनी छलफल तथा विवेचना गरियो । यस अस्पताल हामी सबैको सामुहिक सम्पति भएकाले अस्पतालको दिर्धकालिन प्रगति र उन्नतिको लागि साथसहयोग गर्दै अगाडी बढ्ने थप योजनाका साथ प्रथम र दोस्रो पक्ष समजदारी भएको जानकारी गरिन्छ ।
यस्ता किसिमका अन्य घटनाहरू भविष्यमा घट्न नदिनका लागी अस्पताल प्रशासन, व्यवस्थापन समिति र कर्मचारी सदैभ तत्पर रहेको यसै विज्ञाप्ती मार्फत जानकारी गराइन्छ र केहि परेको खण्डमा अस्पताल प्रशासनलाई आफ्नो जिज्ञासा/गुनासो राखिदिनु हुन पनि सम्पुर्णमा हार्दिक अनुरोध गरिन्छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]