यस बराहक्षेत्र नगरपालिका वार्ड नं २ स्थित चतरा अस्पतालमा मिति २०८२/०२/१० गते देखि ज्वरो आउने, बान्ता हुने, झाडा पखाला सम्बन्धि लक्षण तथा चिन्ह भइ सम्म हाल ६० जना विधालयका छात्र छात्र उपचाररत रहेका साथै ३ जना अन्यत्र स्थानमा प्रेषण गरिएको छ। यदि कसैलाई पनि ज्वरो आउने बान्ता हुने, झाडा पखाला सम्बन्धि लक्षण तथा चिन्ह भएमा यस चतरा अस्पतालमा उपचार सेवा २४ घण्टा सेवा प्रदान गरिदै आएको जानकारी गरिन्छ । झाडापखाला बाट बच्न पानी उमालेर पिउने, सफा भाडा छोपेर राखेको खानेपानी प्रयोग गरौ सौचालयको प्रयोग पश्चात साबुन पानीले मिची मिची हात धुने, गरौ। हाल यस चतरा अस्पतालमा झाडापखालाको बिरामी संख्या वृद्धि भै सेवा प्रवाहमा कठिनाइ भएकाले सेवाग्राहीहरुलाई धैर्यधारण गरि सेवा लिईदिनु हुन सरोकार वाला सबैमा विज्ञप्ति जारि गरिएको व्यहोरा सादर अनुरोध छ ।