
उपरोक्त सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८२/०५/११ गतेको निर्णयअनुसार, व्यवस्थापन समितिको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने गरी निम्नानुसारका पदहरूमा पदपूर्तिको लागि सूचना प्रकाशन गरिएको सम्बन्धित सबैको जानकारी गरिन्छ ।
निम्नः
| क्र.स. | आवश्यक पद | तह | संख्या | आबेदन शुल्क | निबेदन दिने समय | कै. |
| १ | हे.अ
(Health Assistant) |
पाँचौ | १ (एक) | ५००।००
(रु पाँच सय मात्र) |
मिति २०८२/०५/१२ गते देखि २०८२/०५/२६ गते सम्म दिनको ४:०० बजे सम्म। (१५ दिन मात्र) | |
| १ | फार्मेसी सहायक (Pharmacy Assistant) | पाँचौ | १ (एक) |
१) न्युनतम योग्याताः
२) पेश गर्नुपर्ने कागजपत्रहरु: माथि न्यूनतम योग्यतामा उल्लेख भए बमोजिमका सबै प्रमाणपत्र/तालिम/अनुभब लगाएतका कागजपत्रहरुको पछाडी सक्कल बमोजिम नक्कल ठिक छ भनि निवेदक स्वयंले सहि/छाप गरी पेश गर्नुपर्नेछ । अन्तर्वार्ताका दिन उल्लेखित सबै कागजपत्र सक्कलै सहित उपस्थित हुनुपर्नेछ ।
४) छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार हुनेछ ।
५) सेवा सुबिधा: व्यवस्थापन समितिको निर्णयानुसार हुनेछ ।
६) निबेदन दर्ताको तरिका: निबेदनको फर्म https://chatarahospital.p1.gov.np/details/download बाट download गर्न सकिनेछ वा अस्पताल प्रशासन शाखाबाट लिन सकिनेछ ।
क) अस्पतालमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु CV र निबेदन अस्पतालको प्रशासन शाखामा अस्पतालको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ ।
ख) ईमेल मार्फत: आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी निबेदन दस्तुर Esewa, IPS वा बैंक दाखिला गरी सो भौचर सहित इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ ।
ग) बैंक खाता विवरण: बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी
७) परीक्षा र अन्तर्बार्ता सम्बन्धि सूचनाः यस अस्पतालको वेबसाईट र फेसबुकमा समेत राखिनेछ, सम्बन्धि सूचना सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) अनिवार्य रुपमा लेख्नुहुन अनुरोध छ ।
८) ONLINE फर्म भर्नुहुने निवेदकहरुलाई कुनै द्वबिधा भएमा कृपया अस्पताल प्रशासन शाखामा सम्पर्क गरेर एकिन गरी पूर्ण रुपमा भरिएको फर्म/निबेदन पठाउनुहुन अनुरोध छ ।
कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार कर्मचारी छनौट समिति एवम् व्यवस्थापन समितिमा निहित रहनेछ ।
नोट:
थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ९७६९७०३४६६ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ: