प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यवस्थापन समिति अन्तर्गत करार सेवामा रहनु भएका चिकित्सक तथा कर्मचारीहरु को करार सेवा “करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्याविधि, २०७९ को दफा १७” अनुसार मिति २०८२ पौष मसान्त मा समाप्त हुने भएको हुँदा, चतरा अस्पताल ब्यवस्थापन समिति मिति २०८२/०९/२८ को प्रस्ताव नं. १, निर्णय नं. १ बमोजिम थप करार म्याद मिति २०८२/८३ असार मसान्त सम्मका लागि २०८२/१०/०७ गते सम्म प्रशासन शाखा मा करार म्याद थपको लागि निवेदन पेश गर्नुहुन सम्पुर्णमा जानकारीका साथ अनुरोध गरिन्छ ।