सूचना/परिपत्र
भारतको पश्चिम बंगाल क्षेत्रमा निपा भाइरस संक्रमण देखिएको भनी प्राप्त सूचनालाई ध्यानमा राख्दै नेपालमा समेत सम्भावित जोखिम रहन सक्ने भएकाले यस अस्पताल सेवा, विभाग, शाखा तथा इकाइहरूलाई उच्च सतर्कता अपनाउन सूचित गरिन्छ। यस सन्दर्भमा सम्वन्धित सवै विभागहरूले आवश्यक कार्यहरू तुरुन्त कार्यान्वयन गर्न अनुरोध गरिन्छ। ओपीडी, आकस्मिक तथा वार्ड भर्ना सेवाहरूमा निपा भाइरस संग मिल्दोजुल्दो लक्षणको आधारमा निगरानी प्रणाली सुदृढ गर्नु, आवश्यक आइसोलेसन कक्षको व्यवस्था सुनिश्चित गर्नु तथा नमुना संकलन, सुरक्षित ढुवानी र परीक्षणका लागि आवश्यक पूर्व तयारी समयमै पूरा गर्नु अत्यन्त आवश्यक छ। निपा भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका विरामी वा स्पष्ट कारण नखुलेको मृत्यु भएमा तुरुन्तै आवश्यक नमुना संकलन गरी सम्वन्धित निकाय तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा शीघ्र जानकारी गराउन सवैलाई निर्देश गरिन्छ। उपरोक्त कार्यहरू तुरुन्त कार्यान्वयन गरी सम्भावित जोखिम न्यूनीकरण र तयारी सुनिश्चित गर्न सम्वन्धित सबै विभागहरूलाई अनुरोध गरिन्छ।