०४ बैशाख २०८३, शुक्रबार

चतरा अस्पतालको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई तथा वार्षिकोत्सव एवं लेखा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम मिति २०८२/१२/०६ गते शुक्रबार बिहान ११ बजे कोशी प्रदेश सभा सदस्य माननीय ममता तामाङ योन्जनज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो। पुरुषतर्फ उत्कृष्ट कर्मचारीका रूपमा श्री लक्ष्मी सुवेदीज्यू (सुरक्षा गार्ड) तथा महिलातर्फ उत्कृष्ट कर्मचारीका रूपमा श्री रितिक्षा मगरज्यू (ल्याब टेक्निसियन) चयन भई सम्मानित हुनुभएको थियो।

त्यसैगरी, उत्कृष्ट विभागका रूपमा रेडियोलोजी विभागलाई सम्मान गरिएको थियो भने उत्कृष्ट महिला स्वास्थ्य सामुदायिक स्वयंसेविकाका रूपमा श्री श्यामा शिलवालज्यूलाई सम्मान प्रदान गरिएको थियो।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]