६ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित “पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम” मिति २०८३/०१/२९ गते वराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित विपत भवन, जब्दी तथा मिति २०८३/०१/३० गते वराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित वी.पी. आधारभूत विद्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ।उक्त कार्यक्रममा जम्मा २४४ जना बालबालिकाको सहभागिता रहेको थियो। बालबालिकाको पोषण अवस्था पहिचान, सुधार तथा स्वस्थ भविष्य निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस राष्ट्रिय अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय, सहभागिता तथा सहकार्य गर्नुहुने सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय समाजसेवी, बुद्धिजीवी महानुभाव, अभिभावकज्यूहरू तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।यहाँहरूको अमूल्य साथ, सहयोग र सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनहरूमा पनि बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारका अभियानहरूमा यस्तै निरन्तर सहयोग, सहकार्य र सद्भाव प्राप्त हुने अपेक्षा गरेका छौँ।
