१६ जेठ २०८३, शनिबार

 

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा विगत २०७५ साल देखि सञ्चालन हुँदै आएको बिहान ७:०० बजेदेखि बेलुका ८:०० बजेसम्मको अतिरिक्त (१३ घण्टे) ओ.पी.डी. सेवा, स्वास्थ्य बीमा बोर्डको मिति २०८३/०२/१२ गतेको परिपत्र अनुसार स्वास्थ्य वीमा सुविधा थैलीको दररेटमा गरिएको व्यापक परिवर्तन तथा सुविधा कटौती, साथै नेपाल सरकारद्वारा हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गरिएपछि अस्पताल सञ्चालनमा आर्थिक तथा व्यवस्थापकीय चुनौती उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै मिति २०८३/०२/१५ गते शुक्रबार सम्पन्न चतरा अस्पताल व्यवस्थापन तथा सल्लाहकार समितिको संयुक्त बैठकको निर्णय अनुसार मिति २०८३/०२/१६ गतेदेखि यस अस्पतालको नियमित ओ.पी.डी. सेवा बिहान ८:०० बजेदेखि बेलुका ५:०० बजेसम्म वर्षको ३६५ दिन साथै आकास्मिक सेवा २४ सै घण्टा सञ्चालन हुने जानकारी सम्पूर्ण शुभेच्छुक तथा सेवाग्राही महानुभावहरूमा सादर अनुरोध गरिन्छ। यस निर्णयबाट यहाँहरूको दैनिक सेवा सुविधामा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौं। सीमित स्रोत–साधन र बदलिँदो परिस्थितिका बाबजुद पनि सम्पूर्ण सेवाग्राहीलाई सहज, गुणस्तरीय तथा निरन्तर स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता यथावत रहने विश्वास दिलाउन चाहन्छौं। अस्पतालप्रति यहाँहरूले देखाआउनुभएको विश्वास, सहयोग, सद्भाव र आत्मीयताप्रति चतरा अस्पताल परिवार हार्दिक आभार व्यक्त गर्दछ।

 

 

 

…………………….

डा. सौजन दुलाल

नि.मे.सू,

चतरा अस्पताल

……………………..

श्री होम प्रसाद गौतम

वडा नं. २ अध्यक्ष एवं
चतरा अस्पताल व्यवस्थापन समिति अध्यक्ष

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]