मिति: २०७६/१२/०९
हार्दिक अपिल !!!
हाल विश्वभर फैलिरहेको नोबेल कोरोना भाईरस (COVID-19) को सन्दर्भमा संकास्पद बिरामिहरु उपचारको लागि आउने स्थान भनेको अस्पताल नै हो तसर्थ अस्पताल आफैमा यो रोग सर्न सक्ने अत्यन्त जोखिम स्थानमा पर्दछ । अस्पतालमा कार्यरत चिकित्सक एबम स्वास्थ्यकर्मी हरु संकास्पद बिरामीहरुको प्रतक्ष्य सम्पर्कमा रहिरहने हुदा निजहरु यतिकै पनि जोखिममा रहन्छन ।
यस अवस्थामा सामान्य प्रकृतिका, तत्कालै उपचार गर्नु नपर्ने र पुराना रोगका सेवाग्राहीहरु फुर्सद भएको वा बिदा भएको अवसर भनि अस्पताल जादा निजहरुलाई पनि यो रोग सर्न सक्ने सम्भावना अत्याधिक रहने हुदा सम्बन्धित सबैलाई सकेसम्म घरमै बस्ने र अनावश्यक रुपमा भिडभाडमा नगई आफ्नो स्वास्थ्यको बारेमा सचेत र सजग रहनुहुन हार्दिक अपिल गर्दछौ।
यद्यपि आफ्नो स्वास्थ्यमा कुनै समस्या वा संका लागेमा तुरुन्त अस्पतालमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ । धन्यबाद ।
प्राथमिक स्वास्थ्य केन्द्र चतरा