जनचेतनामूलक प्रचार सामग्री सहयोग प्राप्त
हाल विश्वका अधिकांश मूलकु कोरोना भाईरसबाट ग्रसित भईरहेको अवस्थामा, हाम्रो स्थानीय स्तरमा समेत यसको रोकथामका निमित्त लिङ्क प्रिन्टिङ्ग प्रेस, वराहक्षेत्र–२, को तर्फबाट जनचेतनामूलक प्रचार सामग्री आज प्राथमिक स्वास्थय केन्द्र चतरालाई हस्तान्तरण गरिएको छ । यो सहयोग महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौँ । लिङ्क प्रिन्टिङ प्रेस, परिवार, वराहक्षेत्र–२, वयरवन, सुनसरी प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौ । :- चतरा PHC