०८ कार्तिक २०८३, शनिबार
मौजुदा सूची दर्ता गराउने सम्बन्धी सुचना। प्रथम पटक प्रकाशित मिति: २०८३।०३।२६ गते

यस अस्पतालका लागि आ.व २०८३/०८४ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामानहरू तथा सेवाहरू आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति फर्म संस्था वा कम्पनीहरूवाट सार्वजनिक खरिद नियमावली २०६४ संशोधन  सहित) को परिच्छेद ३ को नियम १८ बमोजिम मौजुदा सुची दर्ता गर्नको लागि सम्बन्धीत सबैमा यो सुचना प्रकाशित गरिएको छ । खरिद आपूर्ती तथा मर्मत सम्बन्धी […]

फरेिभेटौला कार्यक्रम डा. धर्मेश साह मिति २०८२/०३/१९ गते

यस चतरा अस्पताल वराहक्षेत्र न.पा. २, सुनसरीमा नेपाल सरकारको शैक्षिक छात्रवृत्ति करार सेवा अर्न्तगत २०८१ अषाढ २१ गतेदेखि २०८३ साल अषाढ १८ गतेसम्म मेडिकल अधिकृत पदमा कार्यरत इमान्दार, लगनशिल, मिलनसार एवं कर्तव्यनिष्ठ चिकित्सक डा. धर्मेश साहज्यूले आफनो सेवा अवधिमा अविचलित र अविछिन्न रुपमा स्वास्थ्य सेवा प्रवाह एवं व्यवस्थापनमा पुऱ्याउनुभएको अदितिय योगदानको उच्च कदर एवं सम्मान […]

भिडियो एक्स–रे सेवा नहुने वारे ।

प्रस्तुत विषयमा यस चतरा अस्पतालमा मिति २०८३/०३/२२ गते सोमवार हुने भिडियो एक्स–रे सेवा प्राविधिक कारण सञ्चालन नहुने व्यहोरा सम्बन्धित सम्पूर्ण सेवाग्राहीहरूमा जानकारी गराइन्छ। यसबाट सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति  क्षमाप्रार्थीछौं।

RVG x-Ray छनौट  एव् दावि विरोध बारे ।

श्री आपुर्तिकर्ता सवै, विषयः  RVG x-Ray छनौट  एव् दावि विरोध बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोत आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत अस्पताल सेवा विस्तार गर्नको लागी अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठकको निर्णयानुसार सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्वजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम  मितिः २०८३/०१/१७ गतेको […]

बिषयः- भिडियो एक्स–रे सेवा  नहुने वारे।

प्रस्तुत विषयमा यस चतरा अस्पतालमा मिति २०८३/०३/१५ गते सोमवार र १८ गते विहिवार  हुने भिडियो एक्स–रे सेवा प्राविधिक कारण उक्त दिनहरुमा सञ्चालन नहुने व्यहोरा सम्बन्धित सम्पूर्ण सेवाग्राहीहरूमा जानकारी गराइन्छ। यसबाट सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति  क्षमाप्रार्थीछौं।  

डा. किरण श्रेष्ठज्यूको अस्पताल व्यवस्थापन समितिको तर्फबाट स-सम्मान स्वागत एवम् कार्यभार हस्तान्तरण कार्यक्रम तथा आगामी कार्यकालको सफलताको शुभकामना प्रदान गर्दै मिति २०८३/०३/०४ गते बिहीबार कार्यक्रम

मिति २०८३/०३/०२ गते सरुवा भई यस अस्पतालमा आउनु भएको मेडिकल अधिकृत (आठौँ तह) डा. किरण श्रेष्ठज्यूको अस्पताल व्यवस्थापन समितिको तर्फबाट स-सम्मान स्वागत एवम् कार्यभार हस्तान्तरण कार्यक्रम तथा आगामी कार्यकालको सफलताको शुभकामना प्रदान गर्दै मिति २०८३/०३/०४ गते बिहीबार कार्यक्रम सम्पन्न गरियो ।

चमेनागृह संचालन बारे सूचना।

बिषय:  चमेनागृह संचालन बारे सूचना। प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल (प्रथम पक्ष) को परिसरमा रहेको भवनमा  चमेनागृह संचालन गर्न  चमेनागृह संचालक (दोश्रो पक्ष) छनौट गर्नका लागि निम्न सर्तहरु सहित सार्बजनिक सूचना प्रकाशन गर्ने ब्यबस्थापन समितिको मिति २०८३/०२/१३ गतेको निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ। शर्तहरु: १) चमेनागृहमा दोश्रो पक्षले गुणस्तरीय स्वस्थकर खाजा […]

बराहक्षेत्र नगरपालिका वडा नं. २ को पूर्ण खोप सुनिश्चितता तथा घोषणा कार्यक्रममा

बराहक्षेत्र नगरपालिका वडा नं. २ को पूर्ण खोप सुनिश्चितता तथा घोषणा कार्यक्रममा गरिमामय उपस्थित भई कार्यक्रमको सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने श्री वडा कार्यालय परिवार, खोप समन्वय समिति, वडा नं. २ का महिला स्वास्थ्य स्वयंसेविकाहरू, चतरा अस्पताल परिवार, समाजसेवी, बुद्धिजीवी महानुभावहरू तथा सम्पूर्ण सेवाग्राहीहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं। यहाँहरूको सम्माननीय उपस्थिति, सक्रिय सहभागिता तथा […]

सःशुल्क सेवाग्राहीहरुका ओ.पी.डी सेवा शुल्क वारे।

प्रस्तुत सम्बन्धमा बीमा बोर्डको मिति २०८३/०२/१२ गतेको परिपत्र अनुसार स्वास्थ्य वीमा सुविधा थैलीको दररेटमा गरिएको व्यापक परिवर्तन तथा सुविधा कटौती, साथै नेपाल सरकारद्वारा हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गरिएपछि अस्पताल सञ्चालनमा आर्थिक तथा व्यवस्थापकीय चुनौती उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै मिति २०८३/०२/१५ गते शुक्रबार सम्पन्न चतरा अस्पताल व्यवस्थापन तथा सल्लाहकार समितिको संयुक्त बैठकको निर्णय […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]