२९ भाद्र २०८३, सोमबार
भिडियो एक्स-रे सेवा स्थगन सम्बन्धमा ।

बिषयः- भिडियो एक्स-रे सेवा स्थगन सम्बन्धमा । उपरोक्त सम्बन्धमा मिति २०८१/०२/०३ गते (विहिवार) र मिति २०८१/०२/०७ गते (सोमवार)  हुने भिडियो एक्स-रे सेवा सन्चालन नहुने जानकारी गर्दछौ, यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।

नेत्र(आँखा) सेवा स्थगन सम्बन्धमा

उपरोक्त सम्बन्धमा मिति २०८१/०१/२७ गते (विहिवार) र २०८१/०१/२८ गते (शुक्रवार)  प्रविधिक समस्या परेकोहुनाले उक्त २ दिन नेत्र(आँखा) विभाग स्थगन तथा विभाग द्धारा प्रवाहा हुने सेवा  सन्चालन नहुने जानकारी गर्दछौ, यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।

फोटो खिच्न बाँकी रहनु भएका सम्पुर्ण स्वास्थ्य बिमितहरूले अनिवार्य रुपमा मिति २०८१/०१/३१ (सोमवार) गते भित्र फोटो खिच्नु हुन अनुरोध गर्दछौं।

उपरोक्त सम्बन्धमा बराहक्षेत्र न.पा. वडा नं. १ र वडा नं. २ का सम्पुर्ण स्वास्थ्य बिमितहरूमा फोटो खिच्न बाँकी रहनु भएका सम्पुर्ण स्वास्थ्य बिमितहरूले अनिवार्य रुपमा मिति २०८१/०१/३१ गते (सोमवार)  भित्र  तपशिल बमोजिम फोटो खिच्नु हुन अनुरोध गर्दछौं। तपशिलः क्र.स बडा फोटो खिच्ने स्थान सम्पर्क कै. १ १ चतरा अस्पताल (बीमा शाखा  १५ नं.) नगिना वानिया […]

मिति २०८०/१२/२३ गतेका दिन UK का प्रोफेसर डा लगायत वि.पि. कोईराला बिज्ञान प्रतिष्ठान का डाक्टरहरू सहितको टिम थप ओ.पी.डी सेवा सञ्चालन का लागी अनुगमन गर्दै

मिति २०८०/१२/२३ गतेका दिन UK का प्रोफेसर डा लगायत वि.पि. कोईराला बिज्ञान प्रतिष्ठान का डाक्टरहरू सहितको टिम चतरा अस्पतालमा छाती, किड्नी, मुटु र सुगर जस्ता रोगको लागी ओ.पी.डी सेवा सन्चालन का लागी अनुगमन ।

भिडियो एक्स-रे सेवा स्थगन सम्बन्धमा

उपरोक्त सम्बन्धमा मिति २०८०/१२/१२ गते (सोमवार) हुने भिडियो एक्स-रे सेवा सन्चालन नहुने जानकारी गर्दछौ, यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।

स्वास्थ्य बीमा कार्यक्रमको बारेमा अवलोक एवम छलफल हुदैॅ ।

आज मिती २०८०/१०/१५ गते स्वास्थ्य बीमा बोर्डका अध्यक्ष श्री डा. गुणराज लोहनी सर , कार्यकारी निर्देशक डा. दामोदर बसौला सर र बोर्ड सदस्य डा. मुक्तिराम श्रेष्ठ सर संग स्वास्थ्य बीमा कार्यक्रमको बारेमा चतरा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष ज्यू होम प्रसाद गौतम , उपाध्यक्ष ज्यू  प्रदिप वस्नेत, व्यवस्थापन समिति सदस्य ज्यू रमेश बिष्ट सर र गोकुल  गुरागाईं […]

बिषय: सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने अधिकारी बारे ।

बिषय: सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने अधिकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं:२० अनुसार मिति २०८०/१०/०१ गते देखि लागु हुने गरी चतरा अस्पतालको सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने जिम्मेवारी तपशिल बमोजिमका कर्मचारीहरुलाई जिम्मेवारी तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: क्र.सं. […]

प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र डिभिजन बन कार्यालय प्रमुख ज्युहरुद्वारा चतरा अस्पताल अबलोकन: मिति २०८०/०९/२९

मिति २०८०/०९/२९ गते सुनसरी प्रमुख जिल्ला अधिकारी ज्यू, सुनसरी जिल्ला प्रहरी प्रमुख ज्यू र सुनसरी डिभिजन बन कार्यालय प्रमुख ज्यू द्वारा चतरा अस्पताल अबलोकन गर्नुहुँदै र उहाँहरुलाई नगर प्रमुख एवम् संरक्षक र अस्पताल अध्यक्ष ज्युहरुद्वारा स्वागत गर्नुहुँदै। चतरा अस्पताल ।

दमौली अस्पताल, दमौली, तनहुँ अस्पताल व्यवस्थापन समिति अध्यक्ष सहितको टिम चतरा अस्पतालमा: मिति २०८०/०९/२८

“दमौली अस्पताल, दमौली, तनहुँ, गण्डकी प्रदेश” बाट पाल्नुभएका दमौली अस्पताल व्यवस्थापन समिति अध्यक्ष सहितको टिमलाई चतरा अस्पतालको तर्फबाट हार्दिक स्वागत गरी चतरा अस्पतालको बार्षिक पुस्तिका २०७८ प्रदान गर्दै अध्ययन भ्रमणका लागि चतरा अस्पतालमा पाल्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । चतरा अस्पताल मिति:२०८०/०९/२८

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]