३० भाद्र २०८३, मंगलबार
बिषय: सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने अधिकारी बारे ।

बिषय: सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने अधिकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं:२० अनुसार मिति २०८०/१०/०१ गते देखि लागु हुने गरी चतरा अस्पतालको सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने जिम्मेवारी तपशिल बमोजिमका कर्मचारीहरुलाई जिम्मेवारी तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: क्र.सं. […]

प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र डिभिजन बन कार्यालय प्रमुख ज्युहरुद्वारा चतरा अस्पताल अबलोकन: मिति २०८०/०९/२९

मिति २०८०/०९/२९ गते सुनसरी प्रमुख जिल्ला अधिकारी ज्यू, सुनसरी जिल्ला प्रहरी प्रमुख ज्यू र सुनसरी डिभिजन बन कार्यालय प्रमुख ज्यू द्वारा चतरा अस्पताल अबलोकन गर्नुहुँदै र उहाँहरुलाई नगर प्रमुख एवम् संरक्षक र अस्पताल अध्यक्ष ज्युहरुद्वारा स्वागत गर्नुहुँदै। चतरा अस्पताल ।

दमौली अस्पताल, दमौली, तनहुँ अस्पताल व्यवस्थापन समिति अध्यक्ष सहितको टिम चतरा अस्पतालमा: मिति २०८०/०९/२८

“दमौली अस्पताल, दमौली, तनहुँ, गण्डकी प्रदेश” बाट पाल्नुभएका दमौली अस्पताल व्यवस्थापन समिति अध्यक्ष सहितको टिमलाई चतरा अस्पतालको तर्फबाट हार्दिक स्वागत गरी चतरा अस्पतालको बार्षिक पुस्तिका २०७८ प्रदान गर्दै अध्ययन भ्रमणका लागि चतरा अस्पतालमा पाल्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । चतरा अस्पताल मिति:२०८०/०९/२८

बिषय: सेवाग्राहीहरुलाई जानकारी सम्बन्धमा ।

बिषय: सेवाग्राहीहरुलाई जानकारी सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०४/१७ गते स्वीकृत आ.ब.२०८०/०८१ को “बार्षिक नीति तथा कार्यक्रम” को बुंदा नं: ११ र १२ अनुसार स्वास्थ्य सेवालाई नगद रहित (Cashless) गर्ने लक्ष्य सहित स्वास्थ्य बीमितहरुको Out-of-pocket खर्च कम गर्नका लागि स्वास्थ्य बीमितहरुलाई यस चतरा अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा तथा औषधिहरु पूर्ण रुपमा […]

बिषय: स्वास्थ्य बीमा सम्बन्धि बिलिंग बारे ।

बिषय: स्वास्थ्य बीमा सम्बन्धि बिलिंग बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं:२३ अनुसार स्वास्थ्य बीमितहरुलाई मिति २०८० माघ ०१ देखि कोठा/काउन्टर/कक्ष नं: ०७ बाट स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरुको पूर्ण रुपमा कम्पुटर जेनेरेटेड बिल उपलब्ध गर्ने गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । चतरा अस्पताल

भिडियो एक्स-रे सेवा स्थगन सम्बन्धमा ।

बिषयः- भिडियो एक्स-रे सेवा स्थगन सम्बन्धमा ।                                                               उपरोक्त सम्बन्धमा मिति २०८०/१०/०१ गते (सोमवार) हुने भिडियो एक्स-रे सेवा सन्चालन नहुने जानकारी गर्दछौ, यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति […]

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्रि श्री मोहन बहादुर बस्नेत ज्यूसंग चतरा अस्पतालका लागि उपकरण माग: मिति २०८०/०९/२०

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्रि श्री मोहन बहादुर बस्नेत ज्यूसंग कोशी प्रदेश सभासदस्य माननीय ममता तामांग ज्यू र चतरा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष श्री प्रदिप बस्नेत ज्यू लगाएतद्वारा नेपाल सरकारद्वारा १५ शैया आधारभूत अस्पतालमा स्तरोन्नति भई संचालित यस चतरा अस्पतालमा नेपाल सरकारद्वारा आ.ब.२०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम बुंदा नं १३५ “बहिरंग सेवा […]

बिषय:- दुई कक्ष/स्थानबाट काउन्टर संचालन हुने बारे सूचना ।

बिषय:- दुई कक्ष/स्थानबाट काउन्टर संचालन हुने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हाल फार्मेसी र काउन्टर एकै कक्ष/कोठाबाट संचालन भईरहेको अवस्थामा अस्पताल व्यवस्थापन समितिद्वारा आवश्यक स्वास्थ्यकर्मी/जनशक्ति व्यवस्थापन गरी अन्य प्राबिधिक तयारी समेत अन्तिम चरणमा पुगेको हुँदा निम्न मिति देखि तपशिल बमोजिम सेवा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ […]

बिषय: २०८० मंसिर महिनाको एम्बुलेन्स सेवा विवरण बारे।

बिषय: २०८० मंसिर महिनाको एम्बुलेन्स सेवा विवरण बारे। चतरा अस्पताल

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]