२७ आश्विन २०८३, मंगलबार
विषय: फार्मेसी टोकन तथा पालो सम्बन्धमा।

सूचना विषय: फार्मेसी टोकन तथा पालो सम्बन्धमा। उपरोक्त सम्बन्धमा, चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८३/०५/१४ गतेको बैठक, प्रस्ताव नं. ५, निर्णय नं. ५ बमोजिम विविध विषयमा छलफल हुँदा अस्पतालमा सेवा लिन आउने सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरूको फार्मेसी सेवा लिने पालो सम्बन्धमा देहायबमोजिमको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। […]

निःशुल्क सेवा (अतिविपन्न स्वघोषणा फाराम) सम्बन्धी प्रतिवेदन।

संक्षिप्त प्रतिवेदन विषयः निःशुल्क सेवा (अतिविपन्न स्वघोषणा फाराम) सम्बन्धी प्रतिवेदन। अस्पताल व्यवस्थापन समिति निर्णय अनुसार सञ्चालित निःशुल्क सेवा (अतिविपन्न स्वघोषणा) कार्यक्रम अन्तर्गत तोकिएको प्रक्रिया अनुसार स्वघोषणा फाराम भरी आर्थिक वर्ष २०८२/८३ अन्तर्गत कुल २७ जना सेवाग्राहीहरूले सेवा प्राप्त गरेका छन् भने उक्त अवधिमा जम्मा रू. ४३,२७३.०४ (अक्षरेपी: त्रिचालिस हजार दुई सय त्रिहत्तर रूपैयाँ सुन्य चार […]

सार्वजनिक अनुरोध ||अस्पतालमा सामग्री अनुदान तथा वितरण गर्न इच्छुक महानुभावहरूका लागि हार्दिक अनुरोध।

सार्वजनिक अनुरोध विषयः अस्पतालमा सामग्री अनुदान तथा वितरण गर्न इच्छुक महानुभावहरूका लागि हार्दिक अनुरोध। उपरोक्त सम्बन्धमा अस्पतालले सीमित स्रोत–साधनका बाबजुद आम नागरिकलाई गुणस्तरीय, सहज, सर्वसुलभ तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवालाई अझ प्रभावकारी, सुरक्षित र दिगो बनाउने हाम्रो साझा अभियानमा साथ र सहयोग गर्न इच्छुक व्यक्ति, समाजसेवी, सामाजिक संघ–संस्था, उद्योग–व्यवसाय, दातृ निकाय तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूलाई चतरा […]

मौजुदा सूची दर्ता गराउने सम्बन्धी सुचना। प्रथम पटक प्रकाशित मिति: २०८३।०३।२६ गते

यस अस्पतालका लागि आ.व २०८३/०८४ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामानहरू तथा सेवाहरू आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति फर्म संस्था वा कम्पनीहरूवाट सार्वजनिक खरिद नियमावली २०६४ संशोधन  सहित) को परिच्छेद ३ को नियम १८ बमोजिम मौजुदा सुची दर्ता गर्नको लागि सम्बन्धीत सबैमा यो सुचना प्रकाशित गरिएको छ । खरिद आपूर्ती तथा मर्मत सम्बन्धी […]

फरेिभेटौला कार्यक्रम डा. धर्मेश साह मिति २०८२/०३/१९ गते

यस चतरा अस्पताल वराहक्षेत्र न.पा. २, सुनसरीमा नेपाल सरकारको शैक्षिक छात्रवृत्ति करार सेवा अर्न्तगत २०८१ अषाढ २१ गतेदेखि २०८३ साल अषाढ १८ गतेसम्म मेडिकल अधिकृत पदमा कार्यरत इमान्दार, लगनशिल, मिलनसार एवं कर्तव्यनिष्ठ चिकित्सक डा. धर्मेश साहज्यूले आफनो सेवा अवधिमा अविचलित र अविछिन्न रुपमा स्वास्थ्य सेवा प्रवाह एवं व्यवस्थापनमा पुऱ्याउनुभएको अदितिय योगदानको उच्च कदर एवं सम्मान […]

“पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम” मिति २०८३/०१/३० गते वराहक्षेत्र नगरपालिका वडा नं. २ वि.पि आधारभुत विद्यालय

६ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित “पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम” मिति २०८३/०१/२९ गते वराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित विपत भवन, जब्दी तथा मिति २०८३/०१/३० गते वराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित वी.पी. आधारभूत विद्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ।उक्त कार्यक्रममा जम्मा २४४ जना बालबालिकाको सहभागिता रहेको थियो। बालबालिकाको पोषण अवस्था पहिचान, सुधार तथा स्वस्थ […]

“पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम” मिति २०८३/०१/२९ वराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित विपत भवन, जब्दीमा सफलतापूर्वक सम्पन्न

६ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित “पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम” मिति २०८३/०१/२९ वराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित विपत भवन, जब्दीमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय, सहभागिता तथा सहकार्य प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। बालबालिकाको पोषण अवस्था सुधार तथा […]

मिति २०८३/०१/२५ र २६ गते सञ्चालन भएको “स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूको सुदृढीकरणका लागि न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमको Joint Assessment”

प्रस्तुत विषयमा मिति २०८३/०१/२३ गतेको पत्रानुसार श्री स्वास्थ्य कार्यालय, इनरुवा बाट आ.ब. २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार मिति २०८३/०१/२५ र २६ गते सञ्चालन भएको “स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूको सुदृढीकरणका लागि न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमको Joint Assessment” सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराइन्छ। उक्त कार्यक्रममा आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गर्नुहुने सम्पूर्ण कर्मचारीज्यूहरूलाई हार्दिक […]

चतरा अस्पतालको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई तथा वार्षिकोत्सव एवं लेखा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम

चतरा अस्पतालको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई तथा वार्षिकोत्सव एवं लेखा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम मिति २०८२/१२/०६ गते शुक्रबार बिहान ११ बजे कोशी प्रदेश सभा सदस्य माननीय ममता तामाङ योन्जनज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो। पुरुषतर्फ उत्कृष्ट कर्मचारीका रूपमा श्री लक्ष्मी सुवेदीज्यू (सुरक्षा गार्ड) […]

विषयः– सामाजिक परीक्षणका लागि राय/मत/जवाफ संकलन सम्बन्धमा।

प्रस्तुत सम्बन्धमा, मिति २०८२/०७/२४ गते बसेको चतरा अस्पताल सामाजिक परीक्षण समितिको प्रस्ताव नं. ४ तथा निर्णय नं. ४ अनुसार, थप प्रतिक्रिया, राय तथा सुझावहरू संकलन गर्नका लागि सार्वजनिक रूपमा गुगल फर्ममार्फत ७ (सात) दिने म्यादसहित राय/मत/जवाफ संकलन गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ।उक्त निर्णय अनुसार सार्वजनिक सूचना संगै तपशिलक गुगल फर्मको लिंक/QR लिंक प्रकाशित गरिएको […]

यहि मिति २०८२/०५/१९ गते बिहिवारका दिन चतरा अस्पतालमा रक्तदान शिबिर।

यहि मिति २०८२/०५/१९ गते बिहिवारका दिन चतरा अस्पतालमा रक्तदान शिबिर मा गरिमामय उपस्थित भै दिनु हुने सम्पुर्ण महानुभाव हरुमा हार्दिक आभार प्रकट गर्दछौ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]