६ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित “पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम” मिति २०८३/०१/२९ वराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित विपत भवन, जब्दीमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय, सहभागिता तथा सहकार्य प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। बालबालिकाको पोषण अवस्था सुधार तथा […]
प्रस्तुत विषयमा मिति २०८३/०१/२३ गतेको पत्रानुसार श्री स्वास्थ्य कार्यालय, इनरुवा बाट आ.ब. २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार मिति २०८३/०१/२५ र २६ गते सञ्चालन भएको “स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूको सुदृढीकरणका लागि न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमको Joint Assessment” सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराइन्छ। उक्त कार्यक्रममा आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गर्नुहुने सम्पूर्ण कर्मचारीज्यूहरूलाई हार्दिक […]
चतरा अस्पतालको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई तथा वार्षिकोत्सव एवं लेखा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम मिति २०८२/१२/०६ गते शुक्रबार बिहान ११ बजे कोशी प्रदेश सभा सदस्य माननीय ममता तामाङ योन्जनज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो। पुरुषतर्फ उत्कृष्ट कर्मचारीका रूपमा श्री लक्ष्मी सुवेदीज्यू (सुरक्षा गार्ड) […]
प्रस्तुत सम्बन्धमा, मिति २०८२/०७/२४ गते बसेको चतरा अस्पताल सामाजिक परीक्षण समितिको प्रस्ताव नं. ४ तथा निर्णय नं. ४ अनुसार, थप प्रतिक्रिया, राय तथा सुझावहरू संकलन गर्नका लागि सार्वजनिक रूपमा गुगल फर्ममार्फत ७ (सात) दिने म्यादसहित राय/मत/जवाफ संकलन गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ।उक्त निर्णय अनुसार सार्वजनिक सूचना संगै तपशिलक गुगल फर्मको लिंक/QR लिंक प्रकाशित गरिएको […]
यहि मिति २०८२/०५/१९ गते बिहिवारका दिन चतरा अस्पतालमा रक्तदान शिबिर मा गरिमामय उपस्थित भै दिनु हुने सम्पुर्ण महानुभाव हरुमा हार्दिक आभार प्रकट गर्दछौ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०८२/०८३ को “बार्षिक नीति तथा कार्यक्रम एवम् बार्षिक बजेट” निर्माण समितिको मिति २०८२/०४/२२ गतेको बैठक निर्णय नंः ०२ अनुसार मिति २०८२/०४/२९ गते ४:०० बजे सम्म सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रमुख/प्रतिनिधि ज्यूहरु, स्थानीय समाजसेबी बुद्धिजीवी ज्यूहरु, पत्रकार ज्यूहरु, महिला स्वास्थ्य स्वयंसेविका ज्यूहरु, चतरा अस्पतालका प्रत्यक्ष एवम् अप्रत्यक्ष सेवाग्राहीहरु, विभिन्न कार्यालय/संघ/संस्था/वन/बैंक/सहकारी/सुरक्षा निकाय/बिद्यालय/आमा […]
मिति २०८२/०१/२० गते विपि कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान जेनेरल प्राक्टिस एण्ड इन्मेरन्सी मेडिसिन बिभाग र चतरा अस्पताल ब्यवस्थापन समितिको आयोजनामा बेसिक लाइफ सपोर्ट एण्ड प्राईमरी ट्रमा केयर तालिम को पहिलो शेसन अति प्रभावकारीका साथ सम्पन्न भएको छ। उक्त तालिम तथा कार्यक्रमलाई उच्च मुल्याङ्कन गरि उपस्थित हुनुभएका सम्पुर्ण सम्माननीय महानुभाव तथा उपस्थित सम्पुर्णमा चतरा अस्पताल परिवार […]