चतरा अस्पतालका ब्यबस्थापन समितिका अध्यक्ष श्री होम प्रसाद गौतम ज्यु एब्म नि. स्वास्थ्य मन्त्री ज्यु, PSO बराहक्षेत्र न पा 2 निबासी श्री रोशन परियार ज्यु, बराहक्षेत्र न पा 2 वडा सदस्य श्री सृजना परियार ज्यु, स्वास्थ्य सेवा बिभागका तथ्यांक बिभाग प्रमुख श्री अनिल थापा ज्यु यी सबैकार्यका लागि हरदम प्रयत्नशील नि.सल्लहकार श्री लन्कमान बि.क. ज्यु […]
चतरा अस्पतालमा अब श्री स्वास्थ्य सेवा बिभाग अन्तर्गतको नि:शुल्क रेभिज भ्याक्सिनको सेवाको पनि सुरु हुने भएको छ ।। यसका लागि प्रतक्ष्य अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पुर्ण महानुभाबहरुलाई हार्दिक आभार ब्यक्त गर्दछौं ।। चतरा अस्पताल ।।
बिषय: चतरा अस्पतालमा मिति २०७९ चैत्र ०१ देखि प्लास्टिक झोलाहरुको बिकल्पहरु प्रयोग गरिने बारे । प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/११/०३ गतेको निर्णय नं: ०४ अनुसार वातावरणीय स्वास्थ्य एबम सरसफाईलाई समेत मध्यनजर गर्दै यस चतरा अस्पतालमा सेवाग्राहीहरुलाई मिति २०७९/१२/०१ देखि लागु हुने गरी प्लास्टिक झोला बन्द (उपलब्ध नगरिने) गरि अन्य बिकल्प प्रयोग […]
बिषय: मिति २०७९ चैत्र ०१ देखि नियमित औषधि सेवन गर्नुहुने सेवाग्राहीहरुलाई पहेंलो कार्डको सट्टा रेकर्ड फाईल दिईने बारे । प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/११/०३ गतेको निर्णय नं: ०६ अनुसार नियमित औषधि सेवन गर्नुहुने सेवाग्राहीहरुलाई हाल प्रयोग भईरहेको पहेंलो कार्डको सट्टा मिति २०७९ चैत्र ०१ गते देखि पुराना कागजातहरु समेत लिएर आउन […]
चतरा अस्पतालका लागि एम्बुलेन्स, चिकित्सकहरु, एक्सरे, भिडियो एक्सरे मेसिन लगाएतका स्वास्थ्य औजार उपकरण/योजना मागका लागि माननीय संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रि श्री पदम गिरी ज्यू समक्ष मिति 2079/11/06 गते मन्त्री निवासमा र मिति 2079/11/08 गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चतरा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष श्री होम प्रसाद गौतम ज्यू, चतरा अस्पतालका संस्थापक कार्यालय प्रमुख स्त्री […]