बिषय: स्वास्थ्य बीमा सम्बन्धि बिलिंग बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं:२३ अनुसार स्वास्थ्य बीमितहरुलाई मिति २०८० माघ ०१ देखि कोठा/काउन्टर/कक्ष नं: ०७ बाट स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरुको पूर्ण रुपमा कम्पुटर जेनेरेटेड बिल उपलब्ध गर्ने गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । चतरा अस्पताल
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्रि श्री मोहन बहादुर बस्नेत ज्यूसंग कोशी प्रदेश सभासदस्य माननीय ममता तामांग ज्यू र चतरा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष श्री प्रदिप बस्नेत ज्यू लगाएतद्वारा नेपाल सरकारद्वारा १५ शैया आधारभूत अस्पतालमा स्तरोन्नति भई संचालित यस चतरा अस्पतालमा नेपाल सरकारद्वारा आ.ब.२०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम बुंदा नं १३५ “बहिरंग सेवा […]
विषय:- हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना सम्बन्धमा । प्रस्तुत विषयका सम्बन्धमा नेपाल सरकारद्वारा श्री स्वास्थ्य बिमा बोर्ड काठमाण्डौको “अध्यक्ष” जस्तो गरिमामय पदमा नियुक्त हुनुभएका नेपाल सरकारका निवृत्त अतिरिक्त स्वास्थ्य सचिब, श्री स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक तथा “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा (बराहक्षेत्र न पा: २) घोषणा कार्यक्रम” का प्रमुख […]
बिषय:- दुई कक्ष/स्थानबाट काउन्टर सुरु भएको बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा आज मिति २०८०/०९/१५ गते देखि स्वास्थ्य बीमितका लागि र अन्य सेवाग्राहीहरुलाई फार्मेसी/औषधि एवम् बिलिंग काउन्टर सेवा तपशिल बमोजिम सुरु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: आज मिति: २०८० पौष १५ गते आईतबार देखि १) कक्ष/कोठा […]
बिषय:- दुई कक्ष/स्थानबाट काउन्टर संचालन हुने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हाल फार्मेसी र काउन्टर एकै कक्ष/कोठाबाट संचालन भईरहेको अवस्थामा अस्पताल व्यवस्थापन समितिद्वारा आवश्यक स्वास्थ्यकर्मी/जनशक्ति व्यवस्थापन गरी अन्य प्राबिधिक तयारी समेत अन्तिम चरणमा पुगेको हुँदा निम्न मिति देखि तपशिल बमोजिम सेवा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ […]
बिषय: २०८० मंसिर महिनाको एम्बुलेन्स सेवा विवरण बारे। चतरा अस्पताल