मिति २०८०/१२/२३ गतेका दिन UK का प्रोफेसर डा लगायत वि.पि. कोईराला बिज्ञान प्रतिष्ठान का डाक्टरहरू सहितको टिम चतरा अस्पतालमा छाती, किड्नी, मुटु र सुगर जस्ता रोगको लागी ओ.पी.डी सेवा सन्चालन का लागी अनुगमन ।
उपरोक्त सम्बन्धमा मिति २०८०/१२/१२ गते (सोमवार) हुने भिडियो एक्स-रे सेवा सन्चालन नहुने जानकारी गर्दछौ, यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।
आज मिती २०८०/१०/१५ गते स्वास्थ्य बीमा बोर्डका अध्यक्ष श्री डा. गुणराज लोहनी सर , कार्यकारी निर्देशक डा. दामोदर बसौला सर र बोर्ड सदस्य डा. मुक्तिराम श्रेष्ठ सर संग स्वास्थ्य बीमा कार्यक्रमको बारेमा चतरा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष ज्यू होम प्रसाद गौतम , उपाध्यक्ष ज्यू प्रदिप वस्नेत, व्यवस्थापन समिति सदस्य ज्यू रमेश बिष्ट सर र गोकुल गुरागाईं […]
बिषय: सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने अधिकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं:२० अनुसार मिति २०८०/१०/०१ गते देखि लागु हुने गरी चतरा अस्पतालको सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने जिम्मेवारी तपशिल बमोजिमका कर्मचारीहरुलाई जिम्मेवारी तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: क्र.सं. […]
मिति २०८०/०९/२९ गते सुनसरी प्रमुख जिल्ला अधिकारी ज्यू, सुनसरी जिल्ला प्रहरी प्रमुख ज्यू र सुनसरी डिभिजन बन कार्यालय प्रमुख ज्यू द्वारा चतरा अस्पताल अबलोकन गर्नुहुँदै र उहाँहरुलाई नगर प्रमुख एवम् संरक्षक र अस्पताल अध्यक्ष ज्युहरुद्वारा स्वागत गर्नुहुँदै। चतरा अस्पताल ।
“दमौली अस्पताल, दमौली, तनहुँ, गण्डकी प्रदेश” बाट पाल्नुभएका दमौली अस्पताल व्यवस्थापन समिति अध्यक्ष सहितको टिमलाई चतरा अस्पतालको तर्फबाट हार्दिक स्वागत गरी चतरा अस्पतालको बार्षिक पुस्तिका २०७८ प्रदान गर्दै अध्ययन भ्रमणका लागि चतरा अस्पतालमा पाल्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । चतरा अस्पताल मिति:२०८०/०९/२८
बिषय: सेवाग्राहीहरुलाई जानकारी सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०४/१७ गते स्वीकृत आ.ब.२०८०/०८१ को “बार्षिक नीति तथा कार्यक्रम” को बुंदा नं: ११ र १२ अनुसार स्वास्थ्य सेवालाई नगद रहित (Cashless) गर्ने लक्ष्य सहित स्वास्थ्य बीमितहरुको Out-of-pocket खर्च कम गर्नका लागि स्वास्थ्य बीमितहरुलाई यस चतरा अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा तथा औषधिहरु पूर्ण रुपमा […]
बिषय: स्वास्थ्य बीमा सम्बन्धि बिलिंग बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं:२३ अनुसार स्वास्थ्य बीमितहरुलाई मिति २०८० माघ ०१ देखि कोठा/काउन्टर/कक्ष नं: ०७ बाट स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरुको पूर्ण रुपमा कम्पुटर जेनेरेटेड बिल उपलब्ध गर्ने गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । चतरा अस्पताल