बिषय: सम्झौताका लागि सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८१/०८२, च.नं.:१७१ र च.नं.:१७२, मिति २०८१/०६/१४ गतेको सूचनाद्वारा रिक्त रहेका हे.अ. (पुरुष) र ल्याब टेकनोलोजिष्ट पदका लागि प्रतिक्षारथहरुसंग नियुक्तिका लागि निबेदन माग गरिएकोमा दुवैमा एक-एक जनाको निबेदन अनलाईन मार्फत प्राप्त भएको हुँदा निबेदन दिनुहुनेहरुले मिति २०८१/०६/२९ गते मंगलबार दिनको ४:०० बजे सम्ममा आफ्ना सक्कल प्रमाणपत्रहरु सहित […]
श्री नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय काठमाण्डौको प.स.:२०८१/०८२, च.नं.:४३०, मिति २०८१/०६/१८ गतेको पत्रानुसार श्री संयुक्त राष्ट्र संघीय जनसंख्याकोषको आर्थीक सहयोगमा आपतकालीन अवस्थाको लागि व्यवस्थापन गरिएका Reproductive Health सम्बन्धि औषधिहरु तथा सामाग्रीहरु हस्तान्तरणका तस्बिरहरु । सहयोगी दाताहरु सबैमा हार्दिक नमन । मिति २०८१/०६/२२ गते चतरा अस्पताल
बिषय: भुक्तानी सम्बन्धि जानकारी । प्रस्तुत सम्बन्धमा मिति २०७८/११/२० गते “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा हुन सफल” बराहक्षेत्र नगरपालिका वडा नं: ०२ स्थित चतरा अस्पतालमा पाल्नुहुने सेवाग्राहीहरु मध्ये ९०% भन्दा धेरै स्वास्थ्य बीमितहरु रहनुहुने हुँदा यस अस्पतालको आम्दानिको श्रोत पनि ९०% भन्दा धेरै स्वास्थ्य बीमा बोर्डमा निर्भर/आश्रित रहेको देखिन्छ । प.सं.२०८१/०८२, […]
बिषय: जानकारी एवम् जरिवाना सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२९ गतेको बैठक निर्णय अनुसार अस्पतालको क्यान्टिनलाई थप सरसफाई कायम गर्न स्टाफ क्यान्टिनलाई मिति २०८१ कार्तिक ०१ देखि लागु गर्ने गरी तपशिल बमोजिमका निर्देशनहरु कार्यान्वन गरिने हुँदा यस अस्पतालका सम्पूर्ण चिकित्सक एवम् कर्मचारीहरुलाई समेत जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । […]
बिषय: अस्पतालजन्य जोखिम सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२९ गतेको बैठक निर्णय नं ०७ अनुसार चतरा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुको अस्पतालजन्य स्वास्थ्य समस्या अर्थात ब्यबसायजन्य जोखिमहरुद्वारा हुन सक्ने Occupational Hazard हरुलाई समय मै रहे-नरहेको परिक्षण गरी “सुरक्षित कार्यक्षेत्र” को सुनिश्चितताका लागि सबै कर्मचारीहरुलाई ओ.पि.डी. मा चिकित्सकद्वारा स्वास्थ्य परिक्षण गराई कम्तिमा पनि […]
बिषय: सेवाग्राहीहरुलाई अत्यन्त जरुरि सूचना । प्रस्तुत सम्बन्धमा अस्पतालमा सेवाग्राहीहरुले पनि अनुशासित रुपमा सभ्यतापुर्वक स्वास्थ्य सेवा लिनुपर्ने कर्तब्य हो, यदि कुनै स्वास्थ्य सेवा वा सेवाप्रदायकहरु प्रति कुनै समस्या लागेमा वा गुनासो भएमा सुझाब प्रतिक्रिया तथा गुनासो अस्पताल प्रशासनमा राख्नुपर्दछ । यद्यपि कतिपय सेवाग्राहीहरुले “सेवाग्राहीहरुले पालना गर्नुपर्ने आचारसंहिता” पनि पालना नगरि बिभिन्न आग्रह तथा पूर्वाग्रह सहित […]
बिषय: सामाजिक सेवा ईकाई सम्बन्धि सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०६ द्वारा स्वास्थ्य उपचारबाट कोहि पनि नागरिक बन्चित हुन नपरोस भन्ने उद्देश्य सहित बिपन्न/अतिबिपन्न नागरिकहरुलाई “अतिविपन्न स्व-घोषणा फारम” भरी नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिने र सो व्यवस्थालाई थप पारदर्शी बनाउनका लागि मासिक रुपमा विवरण सार्बजनिक रुपमा […]
प्रस्तुत सम्बन्धमा उपलब्ध रहेको प्रविधिक कारणवश स्थगन भएको नेत्र(आँखा) सेवा मिति २०८१/०५/२८ गते वाट संञ्चालन रहेको यहि सुचान मार्फत जानकारी गरिन्छ।
प्रस्तुत सम्बन्धमा प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्र वाट उपलब्ध भइरहेको निःशुल्क रेबिज भ्याक्सिन प्रेदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रमा नै उपलब्ध नरहेको हुँदा उक्त निःशुल्क रेबिज भ्याक्सिन यस अस्पतालमा मौज्दात सुन्य भएको जानकारी गरिन्छ ।यस वाट सेवाग्राहि प्रति पर्न गएको असुविधा प्रति क्षमाप्रर्थी छौ।
बिषयः- जिम्मेवारी तोकिएको बारेमा । प्रस्तुत सम्बन्धमा मिति २०८१/०३/३० र ३१ गते आईतबार र सोमबारका दिन आ.ब. २०८०/८१ को अन्तिम मौज्दात गणना (Stock Count) गर्नुपर्ने हुँदा तपशिल बमोजिमको विभागहरूमा तपशिल बमोजिमका महानुभावहरूलाई सम्बन्धित जिम्मेवारी तोकिएको ब्यहोरा अनुरोध छ । तपशिलः क्र.स विभाग जिम्मेवार महानुभावहरू कै. १ फार्मेसी विभाग श्री साहदत मन्सुरी, श्री सपना श्रेष्ठ, श्री […]
बिषयः- सेवा स्थगन सम्बन्धमा । उपरोक्त सम्बन्धमा मिति २०८१/०३/३० गते (आईतवार) र २०८१/०३/३१ गते (सोमवार) का दिन फार्मेसीमा रहेका सम्पुर्ण औषधीहरु आउँदै गरेको आर्थिक वर्ष (२०८१/८२) को लागि मौज्याद तयार गर्नु पर्ने भएको हुँदा कम्प्युटर सफ्टवेरमा रहेको विवरण र फार्मेसीमा रहेको विवरण एकिन गर्न, (Stock Count), स्वास्थ्य वीमामा रहेका सेवाहरूको नयाँ कोड विवरण दर्ता […]